कोपा अमेरिका फुटबलमा कोलम्बियासँग पराग्वे पराजित
काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बियाले पराग्वेलाई पराजित गरेको छ ।
अमेरिकाको एनएजी स्टेडियम होस्टोनमा भएको खेलमा कोलम्बियाले पराग्वेलाई २-१ गोलले पराजित गरेको हो । खेलको ३२औं मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि कोलम्बियाका जेफर्सन लिर्माले अग्रतालाई दोब्बर बनाएका हुन् ।
पहिलो हाफमा २-० अग्रतामा रहेको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलको ६९औं मिनेटमा पारग्वेका जुलियो इन्सियोले गोल फर्काए पनि जितका लागि पर्याप्त हुन नसकेको हो । जितपछि ग्रुप डीमा रहेको कोलम्बियाको ३ अंक भएको छ ।