चिनिया राजदूत सोङले दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामना
एजेन्सी । नेपालका लागि चिनिया राजदूत चेन सोङले आईसीसी टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै राजदूत सोङले मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामना दिनुभएको हो । उहाँले भन्नुभयो,-‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी-२० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु ।'
मंगलबार राति नेपालले पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्ने भएको छ ।