आईसीसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत प्रवेश गरेको छ ।
सोमबार राति सम्पन्न भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ ।
जसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका हुन् ।
यो हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।