आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको उत्कृष्ट जित
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी शरुवात गरेको छ ।
सोमबार राति भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेको हो । श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो ।
उसका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाएका हुन्। त्यस्तै, हेनरिक क्लासनले १९, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन बनाएका थिए ।
श्रीलंकाका लागि कप्तान वनिन्दु हसरंगाले २ विकेट लिएका छन् । नुवान तुसारा र दासुन सनाकाले एक-एक विकेट लिएका हुन् । त्यसअघि अमेरिकाको न्यू योर्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाएका छन् । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ कामिन्डु मेन्डिसले ११ रन बनाएका हुन् । श्रीलंकाका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन । दक्षिण अफ्रिकाका एनरिज नोर्टजे एक्लैले ४ विकेट लिएका थिए ।
४ ओभर बलिङ गरेका उनले मात्र ७ रन खर्चिए । त्यस्तै, केशव महाराज र कागिसो रबाडाले २-२ विकेट लिएका हुन् ।