यूरोपा कन्फेरेन्स लिगको उपाधि ओलम्पियाकोसले जित्यो
काठमाडौं । ग्रिसको क्लब ओलम्पियाकोसले यूरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।
बिहीबार राति सम्पन्न भएको फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।
ओलम्पियाकोसको जितमा खेलको ११६औं मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका छन् । सोही जितसँगै ओलम्पियाकोस कुनै पनि यूरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको हो ।