आईपिएलमा दिल्लीको शानदार जित, आज राजस्थान र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्ल्सले लखनउ सुपर जायन्ट्समाथि १९ रनको जित निकालेको छ।
टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको दिल्लीले ४ विकेट गुमाउँदै २ सय ८ रन बनाएको हो। दिल्लीका लागि अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले अर्धशतक बनाएका छन्।
अभिषेकले ३३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाउँदा स्टब्सले नटआउट २५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडेका हुन्। शाही होपले ३८ रन बनाउँदा कप्तान ऋषभ पन्तले ३३ रन जोडे भने अक्षर पट्टेल नटआउट १४ रनमा समेटिएका थिए।
प्लेअफ दौडमा महत्वपूर्ण मानिएको खेलमा पराजित भएको लखनउले अब एक खेल खेल्न बाँकी छ । दिल्लीले १४ वटा खेल खेलिसकेको हो। ७ खेल गुमाएर ७ खेलमै जित निकालेको दिल्ली १४ अंकसहित पाँचौं स्थानमा रहेको छ। लखनउ भने एक खेल बाँकी हुँदा १२ अंकसहित सातौं स्थानमा रहेका हो ।
लखनउको प्लेअफ पुग्ने झिनो सपना बाँकी नै छ। तर यो गणितीय सम्भावनाका लागि अन्य खेलको नतिजा कुनुपर्ने भएको हो । लखनउमाथिको जितले सबै खेल खेलिसकेको दिल्लीको प्लेअफको गणितीय सम्भावना अरुको खेलमा निर्भर हुन्छ।
आईपिएल अन्तर्गत बुधबार राति राजस्थान रोयल्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुने भएको हो । सोही खेल बुधबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ ।