ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनल खेलमा आज एपीएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान १० बजेदेखि शुरु हुने फाइनल खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको हो। जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै ४ खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।
त्यस्तै, सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् ।
जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर–११, बागमती प्रदेश र कोशी प्रदेशका टिम सहभागी भएका हुन् ।