विश्वकप वार्मअप खेलमा आज नेपालले क्यानाडाको सामना गर्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल सोमबारदेखि शुरु हुने भएका छन्।
नेपालले वार्मअप खेलमा सोमबार क्यानाडाको सामना गर्ने भएको हो । सोही खेल नेपाली समयअनुसार सोमबार राति सवाँ ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुरु हुने भएको छ ।
नेपाल र क्यानाडाबीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको हो । सन् २०२२ को फेब्रुअरी २१ तारिखमा भएको सोही खेल नेपालले जितेको थियो । आईसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा रहेको छ । क्यानाडा भने २३औं स्थानमा रहेको हो।
नेपालले यस खेलपछि मे ३० तारिखमा डलासमै अमेरिकाविरुद्ध खेल्ने कार्य तालिका रहेको छ ।