आईपीएलको फाइनल खेलमा आज कोलकता र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को फाइनल खेलमा आइतबार कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ।
सोही खेल आइतबार राति पौने ८ बजे चेन्नईमा शुरु हुने भएको हो। पहिलो क्वालिफायर खेलमा कोलकतासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
हैदरावाद र कोलकताको हेड टु हेड अहिलेसम्म कोलकता अगाडि रहेको छ। ५ प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको हो। आईपीएलको यो सिजनमा भएका २ खेलमा कोलकता विजयी भएको छ।
समूह चरणको पहिलो खेलमा ४ रनले विजयी भएको कोलकता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो। यसअघि सन् २०२३ मा भएको एक खेलमा कोलकता ५ रनले विजयी भएको थियो । एक खेलमा भने हैदरावाद २३ रनले विजयी भएको हो।
सन् २०२२ मा भएको एक प्रतिस्पर्धामा खेलमा कोलकता ५४ रनले विजयी भएको थियो।