नेपालका भुपू अन्तराष्ट्रिय खेलाडी मधुकर राजभण्डारी विश्वकप क्रिकेटमा नेपाललाई सर्पाेट गर्न अमेरीकामा
भुतपूर्व फ्लाईवेट च्याम्पियन अन्तराष्ट्रिय खेलाडी मधुकर राजभण्डारी नेपाली क्रिकेट टिमलाई सर्पाेट गर्न अमेरीका पुगेका छन । राजभण्डारी अमेरीकाको टेक्सस हुदैँ वेस्ट इन्डिज जाने क्रममा न्युयोर्कको म्यानहाटनमा गैर आवसीय नेपाली संघले आयोजन गरेको “Walking Together For a Better Nepal” NEPAL DAY PARADE 2024 कार्यक्रममा पनि सहभागी हुनु भएको छ । उहाँ सँगै जोरपाटी लायन्स क्लबका पुर्व अध्यक्ष वविता लामा राजभण्डारी पनि सहभागी हुनु भएको छ ।


नेपाल विश्वकप क्रिकेट खेल्न अमेरीका गएसँगै नेपालीहरुले आफ्नो देशलाई हौसला दिन अमेरीका आउने क्रम जारी रहेको राजभण्डारीको भनाई छ । सन्दिप लामिछानेको मुद्दा सफाए भए सँगै नेपाली टिमले ठुलो सफलता पाउने अपेक्षा गरिएको छ ।

