एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो
काठमाडौं । एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले सोही सिजनको उपाधि जितेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक–एक गोल गरेका छन् । त्यस्तै, म्यानचेस्टर सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काएका हुन् ।
म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको बदलामा यस सिजनमा जस्ताको त्यस्तै लिएको छ ।
सोही जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जितेको हो । अहिलेसम्म सबै भन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।