आईपीएलमा आज दोस्रो क्वालिफायर खेलमा राजस्थान र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबी प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो क्वालिफायर खेलमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट निश्चित गरेका हुन्। सोही खेल शुक्रबार राति पौने ८ बजेदेखि चेन्नईमा हुने भएको छ।
हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको थियो। शुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।
राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ४ विकेटले पराजित गरेको थियो। शुरुमा ब्याटिङ गरेको आरसीबीले दिएको १ सय ७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १ सय ७४ रन बनाएर पूरा गरेको हो।
दोस्रो क्वालिफायर खेलमा विजयी टिमले आईपीएलको उपाधिका लागि कोलकतासँग प्रतिस्पर्धा गर्ने भएको छ। आईपीएलको फाइनल खेल यहि जेठ १३ गते आइतबार हुने भएको हो ।