इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले स्तब्ध भएको हो । सोही हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ । एभर्टनका लागि जोराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले एक–एक गोल गरेका थिए ।
जेराडले खेलको २७औं मिनेटमा एभर्टनलाई शुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि ५८औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई २–० गोलको सहज जित दिलाएका थिए । एभर्टनले लिभरपुललाई सन् २०१० पछि पहिलो पटक पराजित गरेको हो ।
सोही जितसँगै एभर्टन ३४ खेलबाट ३३ अंक जोडेर तालिकाको १६औं स्थानमा रहेको छ । पराजित भएको लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा रहेको हो । त्यस्तै, शीर्ष स्थानमा रहेको ७७ अंक रहेको छ । २ खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा रहेको हो ।
बाँकी खेल जिते सिटी शीर्ष स्थानमा प्रवेश गर्ने भएको छ ।