गुजरातविरुद्धको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने
एसएमएस त्रिकोणात्मक टी–२० शृंखला खेल्ने क्रममा हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले गुजरातविरुद्धको फाइनल खेलमा आइतबार पहिले ब्याटिङ गर्ने भएको छ ।
लिग चरणका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको हो । शृंखलामा तेस्रो टोलीको रुपमा बरोडा क्लब रहेको थियो ।