स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १–० गोलले पराजित गरेको हो । रियल मड्रिडको जितमा आर्डा गुलेरले एक गोल गरेका थिए । उनले खेलको २९औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको हो ।
सोही जितसँगै रियल मड्रिड ३३ खेलबाट ८४ अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंकका साथ दोस्रो स्थानमा रहेको हो । पराजित भएको रियल सोसिडाड ५१ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।