आईपिएलमा मुम्बईविरूद्ध दिल्लीको रोमाञ्चक जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल) मा शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो । दिल्लीले दिएको २ सय ५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनाएको छ । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाएका हुन् । कप्तान हार्दिक पाण्डेयले भने ४६ रन बनाएका थिए ।
त्यस्तै, सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका छन् । यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २ सय ५७ रन बनाएको थियो । दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्वाधिक २७ बलमा ८४ रन बनाएका छन् । त्यस्तै, ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।
सोही जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ । अंक तालिकामा दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो । ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।