आईपीएलमा दिल्लीविरूद्ध कोलकताको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकता नाइट राइडर्सले सानदार जित हाशिल गरेको छ ।
सोमबार राति भएको खेलमा कोलकताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो। दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य कोलकताले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटाएको छ । कोलकताका लागि ओपनर फिल सल्टले सर्वाधिक ६८ रन बनाएका हुन्।
त्यस्तै, कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाएका थिए। सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिएका छन् । दिल्लीका लागि अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिएका हुन्। त्यस अघि इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको छ।
दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाएका थिए। त्यस्तै, अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहेका छन् । कोलकताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिएका हुन्।
वैभव अरोडा हर्षित राणाले २-२ विकेट लिएका थिए ।