दाँत सफा गर्ने आठ यस्ता तरिका छन्।
दाँतको काम खाना चपाउने त छँदैछ, बोल्न र सुन्दरताका लागि पनि यो महत्वपूर्ण छ । मानिसको व्यक्तित्व नै झल्काउने दाँतको सरसफाइ गर्ने खास तरिकाबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
दाँतलाई सफा गर्ने मुख्य तरिका नियमित रुपमा ब्रस गर्नु हो । कुनै खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । आजभोलि दाँत चम्काउने वा सेतो बनाउने गरेको पनि पाइन्छ, तर यो त्यति वैज्ञानिक हुँदैन ।
हरेकको दाँतको आफ्नै प्राकृतिक रंग हुन्छ । सबैको सेतो वा चम्किलो हुन्छ भन्ने हुँदैन । दाँत सफा राख्नु पहिलो सर्त हो । चम्किलो र सेतो बनाउने चक्करमा धेरै घोट्दा वा अरु उपाय खोज्दा दाँतको प्राकृतिक इनामेल नष्ट हुन सक्छ र समस्या निम्तिन सक्छ ।
प्रायजसो दाँत सफा राख्न दिनको दुईपटक बिहान बेलुका नरम ब्रसमा मन्जन लगाएर दाँत माझ्ने गर्नुपर्छ ।