समाजवादीकेन्द्र घोषणा गर्न केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं । समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मोर्चामा सहभागी चार दलहरुले आजै समाजवादी केन्द्र घोषणा गर्ने तयारी गर्दै केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
बैठक शुक्रबार बिहान आठ बजेपछि नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बस्ने तयारी गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुखज गन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘समाजवादीमोर्चा निर्माणबारे सैदान्तिक सहमति सबै भैसकेका छन् । त्यसलाई गति दिनको लागि केही दिनमै एकता घोषणा गर्ने गरी हाम्रो तयारी छ । त्यो आजै पनि हुन सक्छ, केन्द्रीय सचिवालयको बैठक पछि समाजवादी केन्द्र घोषणा बारे स्पस्ट भन्न सकिन्छ।’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरत पछि घोषणा गर्न लागिएको हो । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने गरी चार दल बीचमा सहमति भएको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा,विप्लव नेतृत्वको नेकपा सहभागी हुने निश्चित छ । यो बीचमा नेपाल समाजवादी पार्टीलाई समेत मोर्चामा ल्याउने दलहरुले प्रयास गरिरहेको बताइएको छ ।
मोर्चामा सहभागी ति दलहरुमा तत्काल पार्टी एकताको सम्भावना नभए पछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको पहलमा समाजवादी मोर्चा बनाएर समाजवादी केन्द्र निर्माण गरी कम्युतिष्टहरु एकताबद्ध हुने सहमति अनुसार नै समाजवादी केन्द्र बनाउने निर्णय भएको हो ।