प्रधानन्यायाधीश मा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन
काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरे सँगै कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको संसदीय सुनुवाई समितिका सभापति पशुपति शमशेर राणाले जानकारी दिए । गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्की विरुद्धको उजुरी उपर सुनुवाइ पश्चात आज उनीसँग सवालजवाफ गरेको थियो । समितिको अनुमोदन पश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ ।