धर्म र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक : नगर प्रमुख कोइराला
मोरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे भवनको शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे । उनले असल नागरिक बत्र नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनु आवश्यक भएको बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेल, महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षा सेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारेमा चर्चा गरेका थिए ।
हाल विद्यालयमा लगभग १ सय जना विद्यार्थीहरु अध्ययनरत छन् भने दुई कठ्ठा १० धुर जग्गामा रहेको सो विद्यालयमा कक्षा ६ देखि १२ सम्मको अध्यापन हुने गरेको छ । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।
धर्म र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक ः नगर प्रमुख कोइराला