यूएईविरुद्ध नेपालले लियो दुई वीकेट
काठमाडौं । एसीसी प्रिमियर कपक्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईविरुद्ध दुई विकेट लिन सफलभएको छ ।टस जितेर फिल्डिङ गरिरहेको नेपाली टोलीकासोमपालकामीले पहिलो विकेट लिएकाहुन् भने दोस्रो विकेट करण केसीले लिए । क्याप्टेन मोहम्मदवसीमलाई सोमपालले आउट गर्दा वृति अरविन्दलाई करणले आउट गराए।
आठ बलको सामना गरेका क्याप्टेनले एक छक्का र चैकाको मद्दतमा एघार रन मात्रै बनाएकाथिए ।
सोमवार बिहानत्रिविक्रिकेट मैदानमाकप्तान रोहितकुमार पौडेलले टस जितेपछि उनले बलिङ गर्ने निर्णय गरेका हुन् ।
यूएई र नेपालबीचकोे खेल जारी छ । यो समाचार तयार पार्दा सम्म नेपालले युएईले ६ ओभर ४ बल खेल्दादुई विकेटको क्षतिमा ३३ रन बनाएको छ ।