युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग
भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ ।
कमपनीले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको छ, जसको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ ।
बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै, लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनले प्रभावित परिवारहरूलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।
यस पहलका बारेमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ । यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ। हामी जारी राहत प्रयासहरूमा सहयोग पुर्याउन र प्रभावित परिवारहरूलाई पुनःस्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ।’