आज जेनजी सहिद दिवस, देशभर सार्वजनिक बिदा
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर जेनजी सहिद दिवस मनाइँदैछ। गत भदौ २३ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक परिस्थितिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका थिए।
आन्दोलनमा सहादत प्राप्त गरेका युवाको योगदानको स्मरण गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ। देशका विभिन्न स्थानमा सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।
यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सरकारले आन्दोलनमा ज्यान गुमाएका युवालाई सहिद घोषणा गर्दै उनीहरूको योगदानलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ। आजको दिनलाई उनीहरूको बलिदान र योगदानको स्मरण गर्ने विशेष दिनका रूपमा लिइएको छ।