राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टोलीको मुक्तकण्ठले प्रसंशा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमार्फत संयुक्त अरब इमिरेटस् युएईलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएकोमा खेलाडी,प्रशिक्षक र पदाधिकारीलाई उनले बधाई दिएका हुन ।
विज्ञप्तिमा भनिएको छ ‘ नेपाली टोलीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रसंशा गर्दछु । ’
राष्ट्रपति पौडेलले भविष्यमा पनि नेपाली क्रिकेट टोलीबाट यस्तै उत्कृष्ट प्रदर्शनको आशा राख्दै नेपाल र नेपालीको नाम राख्न सफल हुने विश्वास राख्दै शुभकामना पनि दिएका छन् ।