नेपालगञ्जमा बनाउँदै गरेको बम बिस्फोट
नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा बुधबार विष्फोट भएको बाँके प्रहरीले जानकारी दिएको छ।
स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ।