६२ रन हानेर कुशल भुर्तेल आउट भए
नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल मंगलबार भएको नेदरल्यान्ड्स विरूद्धको खेलमा ६२ रन हानेर आउट भएका छन्।
नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच जारी त्रिकोणात्मक टी-२० सिरिजमा भुर्तेल खेलेका तीनै खेलमा अर्धसतक हानेका छन्। ४६ बल खेलेका कुशलले ८ चौका र १ छक्काको मद्दतले ६२ रन बनाएको थिए। उनलाई नेदरल्यान्ड्सका भिभियन किंगमाले आउट गरेका हुन्।