१३ औँ सागको भव्य समापन समारोह
(काठमाडाैं) नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद सागको सफलतापूर्वक समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएकाे थियाे । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सम्बोधन गर्नुभएकाे थियाे ।
समापन समारोहमा खेलाडीहरूले मार्चपास गरेका थिए । खेलाडीको मार्चपासमा नेपाली राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोकेकी छिन्।
कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु रहेको थियो । १५ गतेबाट सुरु भएको खेल मंगलबार सकिएको हो।