पर्साबाट १७ लाख ५६ हजारका मोबाइल पार्टस् र कपडा बरामद
पर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
नियमित गस्तीका क्रममा वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो। भारतबाट भन्सार छली ल्याइएको उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका छन्।
त्यस्तै, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एक गोठमा लुकाइराखिएको १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको कपडा पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।