बागमतीकी नवनियुक्त मन्त्री रमा आलेमगरले लिइन् शपथ
बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आलेमगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री थापाले कार्यविभाजनसहित आलेमगरलाई मन्त्री नियुक्त गरेका थिए। शपथ ग्रहणसँगै उनले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।
यसअघि आलेमगर शालिकराम जमकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेकी थिइन्।