त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन्। उनीहरू सुरुङभित्र फसेपछि उद्धार टोलीले निरन्तर खोजी तथा उद्धार कार्य गर्दै आएको थियो।
यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवादसमेत भएको थियो। उनीहरू जीवित रहेको संकेत पाएपछि नेपाली सेनासहितको उद्धार टोलीले उद्धार कार्यलाई थप तीव्रता दिएको थियो।
दुवै जनालाई सुरुङबाट बाहिर निकालेर आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाउने तयारी भइरहेको छ। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको भए उनीहरूको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको बताइएको छ।