त्रिशूली–३ए सुरुङबाट एक जनाको जीवितै उद्धार
त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक जनाको जीवितै उद्धार गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको सुरुङबाट जीवितै उद्धार गरिएको हो।
सांसद न्यौपानेले सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी आफूले पाएको बताएका छन्। उनीहरूलाई बाहिर निकाल्न खोजी तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी बाँकी व्यक्तिको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन्।