सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा
सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फका सहसचिव पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै पराजुलीलाई सचिवमा बढुवा गरिएको बताए। पराजुली यसअघि राष्ट्रिय महिला आयोगमा सहसचिवका रूपमा कार्यरत थिए।