कर्णाली प्रदेश सरकारको प्रवक्तामा कल्याणी खड्का
कल्याणी खड्कालाई कर्णाली प्रदेश सरकारको प्रवक्ता तोकिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेकी खड्कालाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ता तोकेको हो।
खड्का नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मन्त्री बनेकी थिइन्।