चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल
काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्ष रविलाल शर्मा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
गत ११ भदौमा तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि बोर्डमा अध्यक्ष पद खाली रहेको थियो ।
बोर्डको दैनिक प्रशासनिक कार्य र अत्यावश्यक निर्णयहरूलाई गति दिन मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि शर्मालाई कार्यवाहक अध्यक्ष बनाइएको हो । रविलालले बुधबार नै आफ्नो पदभार ग्रहण गरेका छन् ।