एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।
क्यानले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको तेस्रो संस्करणको पहिलो खेल कात्तिक ९ गते हुनेछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते इलिमिनेटर तथा मंसिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ।
प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते आयोजना हुने क्यानले जनाएको छ।
एनपीएलका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।