सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एक दिनमै सुनको मूल्य २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।