त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार
रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।