भारतबाट तस्करी हुँदै गरेको २ करोड ४० लाखको एयरपड्स बरामद
सशस्त्र प्रहरीले एप्पल कम्पनीको करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एयरपड्स बरामद गरेको छ ।b महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार ती सामान बरामद भएका हुन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान फेला परेको सशस्त्रले जनाएको छ ।
सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएअनुसार १२ सय थान एयर वर्डस सशस्त्रको नं। ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रुपमा बरामद गरेको हो ।
उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको थापाले जनाएका छन् ।