विष्णु पौडेल विशेष अदालतमा उपस्थित, सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढ्यो
काठमाडौं, असार २३ —नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल लाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।
उनीलाई काठमाडौं ल्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो। विभागमा करिब दुई घण्टा राखेर बयान तथा प्रारम्भिक सोधपुछ गरिएको बताइएको छ।
सोधपुछपछि उनलाई आजै विशेष अदालतमा लगिएको छ।
अधिकारीहरूका अनुसार घटनासम्बन्धी विस्तृत विवरण र कानुनी प्रक्रिया अघि बढिरहेको छ। अदालतमा पेश भएपछि आगामी प्रक्रिया विशेष अदालतको आदेशअनुसार अघि बढ्नेछ।