रवि लामिछानेको चेतावनी: “गुट–उपगुटले पार्टीलाई सही दिशा दिँदैन”
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न नेताहरूलाई आग्रह गरेका छन्।
भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आफूले धेरै मेहनत गरेर पार्टी निर्माण गरेको स्मरण गराउँदै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
लामिछानेले गुट–उपगुटले अन्ततः पार्टीलाई सही परिणाम नदिने भन्दै सबै नेताहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्।