रास्वपाको प्रथम महाधिवेशनमा बालेन्द्र शाह सहभागी हुने, चितवनमा तयारी तीव्र
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्। पार्टीको महाधिवेशन असार ७ गतेदेखि चितवनमा सुरु हुँदैछ।
शाह रास्वपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही भूमिकामा रहने उनको सचिवालयले जनाएको छ। उद्घाटन सत्रमा सहभागी हुन उनी चितवन जाने कार्यक्रम तय भएको छ।
सचिवालयका अनुसार उद्घाटनपछि उनी कति समय महाधिवेशनस्थलमा रहने भन्ने विषय अझै टुंगो लागिसकेको छैन। सम्भवतः उद्घाटन सत्रमा सहभागी भएर फर्किने कार्यसूची रहेको बताइएको छ।
महाधिवेशनमा उनले सम्बोधन गर्ने विषयमा भने अन्तिम निर्णय नभएको जनाइएको छ। चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ।