रास्वपाको पहिलो महाधिवेशन ७ गतेदेखि, उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेको सम्बोधन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन ७ गतेदेखि चितवनमा सुरु हुँदैछ। उद्घाटन सत्रमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
बालेन्द्र शाह महाधिवेशनमा सहभागी नहुने भन्ने चर्चाबीच सचिवालयले उनी उद्घाटन सत्रमा उपस्थित भई सम्बोधन गर्ने स्पष्ट पारेको छ। महाधिवेशनमार्फत शाह स्वतः वरिष्ठ नेतामा मनोनीत हुनेछन्।
सभापति पदमा अन्य उम्मेदवारी नआउने देखिएकाले रवि लामिछाने पुनः सभापति बन्ने लगभग निश्चित छ। १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ भने बाँकी पदमा सहमति र निर्वाचनको प्रक्रिया अपनाइने तयारी गरिएको छ।