पहिलो हाफमै ब्राजिलको शानदार प्रदर्शन, हाइटीविरुद्ध ३–० को अग्रता
फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले हाइटीविरुद्ध पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको छ।
फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलमा ब्राजिलका म्याथियस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। त्यसपछि भिनिसियस जुनियरले इन्जुरी समयमा गोल थप्दै ब्राजिललाई ३–० को अग्रता दिलाए।
जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो। यसअघि ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो।