रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशन तयारीबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरस्थित होटल सिमटीमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुने जनाइएको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापन, प्रस्तुत गरिने प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गरिनेछ।