इरानी ह्याकर समूहको विश्वकप लक्षित चेतावनी
काठमाडौं । इरानसँग सम्बन्धित ह्याकर समूह ‘हान्डाला’ले एफबीआईका ड्रोनहरू ह्याक गरेको दाबी गर्दै विश्वकप प्रतियोगितालाई लक्षित चेतावनी दिएको छ।
समूहले एफबीआईले प्रयोग गरेका ड्रोनबाट सङ्कलन गरिएका तस्बिर र जानकारीमा महिनौँदेखि पहुँच रहेको दाबी गरेको छ। साथै विश्वकप सुरक्षालाई चुनौती दिन सक्ने संकेतसमेत दिएको छ।
यद्यपि, निगरानी संस्था ‘एसआइटिई इन्टेलिजेन्स ग्रुप’ले हान्डालाले सार्वजनिक गरेको केही सामग्री पुरानो भिडियो भएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले उक्त समूहका सदस्यबारे सूचना दिनेलाई एक करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।