सिन्धुलीमा खैरो हेरोइनसहित तीन पक्राउ
प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका– ९ भिमानबाट ६ ग्राम ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो ।
उक्त लागुऔषसहित महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ने २२ वर्षीय रवि यादवसहित दुईजना नियन्त्रणमा छन् । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म।प्र।०२–००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको हो।
त्यस्तै भिमानबाटै १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित उदयपुर, त्रियुगा नगरपालिका– ११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा।४ ख २४९० नम्बरको हायस माइक्रोमा जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।