प्रतिनिधिसभामा सीमा र सुकुम्वासी व्यवस्थापनबारे सांसदहरूको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टता माग गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सीमा सम्बन्धी धारणा प्रष्ट पार्न आग्रह गरे भने अन्य सांसदहरूले पनि सरकारलाई संसद्प्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।
बैठकमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीको उचित व्यवस्थापन, साथै लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ता क्षेत्रमा भएको सीमा अतिक्रमणबारे पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।