प्रदेश प्रहरीमा डीआईजी सानुराम भट्टराईले गरे पदभार ग्रहण
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका जिम्मेवारीमा सरुवा भएका डीआईजी सानुराम भट्टराईले पदभार ग्रहण गरेका छन् । जेठ २९ मा गृह मन्त्रालयले गरेको सरुवामा उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रुपमा खटिएका थिए । तत्कालीन प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना कमजोर कार्यसम्पादनका कारण प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा भएका थिए ।
पदभार ग्रहणका क्रममा भट्टराईले प्रदेशको शान्ति सुरक्षा लगायत समग्र बस्तुस्थिति तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिए । उनलाई स्वागत गर्न प्रदेशका विभिन्न कार्यालय प्रमुख र प्रहरी कर्मचारी सरिक भएका थिए ।