टी–२० विश्वकप: पाकिस्तानले नामीबियालाई २०० रनको लक्ष्य दियो
कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा भएको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई २०० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो।
पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको शतक प्रहार गरे। शादाब खानले ३६ रन र कप्तान सलमान अली आगाले ३८ रनमा पारी समाप्त गरे। नामीबियाका ज्याक ब्रेसलले २ विकेट लिए।
जवाफी पारीमा नामीबिया दोस्रो ओभरमा ११ रन जोड्दै खेलिरहेको छ, जोन फ्राइलिनक र लोरेन स्टीनक्याम्प क्रीजमा छन्।